समाचारनेपाली कांग्रेस

दुई तिहाईको कम्युनिष्ट सरकार असफल भयो ः काँगे्रस नेता सिंह

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार आफ्नो कुटनैतिक मर्यादालाई बिर्सेर विवादमा तानिएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विवादस्पद संस्थाको कार्यक्रममा सरकारनै आयोजक जस्तो गरि प्रस्तुत हुनु देशकै लागि लज्जास्पद भएको बताए ।
सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नु पर्ने काम नगरि विवादास्पद एनजीओको पछि लाग्नु दुःखद भएको उनले स्पष्ट पारे ।
मुलुक संचालनमा दुईतिहाईको धक्कु लगाउने कम्युनिष्ट सरकार पूर्ण रुपमा असफल भएको नेता सिँहले बताए ।
ल एन्ड अर्डर मेन्टेन गर्न चुकेको, विकास बजेट खर्च गराउन समेत नसकेको, संघियता कार्यान्वयनमा आवश्यक ऐनकानुन बनाउन नसकेकाले समग्रमा असफलता बाहेक केही नभएको, आफ्नै पार्टीभित्रसमेत सरकारको कामको आलोचना सुरु भएकाले अब सरकारले काम गर्नु पर्नेछ काम नगरेर अनावश्यक काममा हातहाले झन् विवादमा फस्ने उनले बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button