समाचार

एसईई परिक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

११ असार, काठमाडौैँ÷ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । एसईई परीक्षा चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो । प्रदेश २ मा भने प्रश्न पत्र बाहिरीएपछि चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा परिक्षा सरेकै कारण यो बर्ष गत बर्षको भन्दा ढिलो गरि नतिजा सार्वजनिक हुन लागेको हो । उपनियन्त्रक शर्माले यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

nema
Show More

Related Articles

Back to top button