समाचार

लुम्बिनीमा ५ हजार मानिस अटाउने अत्याधुनिक सभा हलको शिल्यान्यास

१७ वैशाख, बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अटाउन सक्ने अत्याधुनिक सभा हलको निर्माण हुन लागेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा शिलन्यास गरेको सभाहल एशियाकै नमूना हुने लुम्बिनी विकास कोषले बताएको छ ।

कुल ५ हजार मानि अटाउन सक्ने क्षमताको सभा हल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भनिए पनि अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन ।
२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गरेकी हुन् ।
करिब ४० करोडको लागतमा बन्ने यो सभाहल दुईमा सम्पन्न गर्ने लक्ष्य राखिएको कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ ।
हललाई आवश्यकताअनुसार सानो(ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले बताए । सभाहल निर्माणको जिम्मा अनकरअर्घाखाँचीरबाबुल जेभीले पाएका छन् ।

दुई वर्षअघिको २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएको देखेपछि त्यतिबेलै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए ।

प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो ।

nema
Show More

Related Articles

Back to top button