समाचारनेपाली कांग्रेस

कांग्रेस महामन्त्री कोइराला अब नियमित पार्टी कार्यालय जाने

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अब नियमित पार्टी कार्यालय जाने भएका छन् । मंगलबार विहान १२ बजे नै कोइराला पार्टी कार्यालय पुगिसेकेको उनको सचिवालयले जनाएको छ ।
पार्टीभित्र गुटबन्दी अन्त्य गर्दै सुदृढ कांग्रेस बनाउने संकल्प गरेका कोइरालाले अब पार्टी संगठनको काम कार्यालयबाटै अगाडी बढाउन लागेका हुन् । यसअघि पार्टीका पदाधिकारीहरु नियमित कार्यालय नजाँदा देशभरबाट आएका नेता कार्यकर्ता नेताहरुलाई भेट्न उनीहरुकै निवासमा जाने गरेका थिए । ‘अहिले तत्काल हप्तामा २ चोटी कार्यालय जानेगरि रुटिङ बन्दे छ,’ कोइरालाका सहयोगी सुरज उप्रेतीले भने । तर, कुन बार कति बजेदेखि कार्यालय जाने छिट्टै तय हुने उनले बताए । स्रोतका अनुसार डा.कोइराला अब नियमित कार्यालय जाने मनस्थितीमा छन् ।
nema
Show More

Related Articles

Check Also
Close
Back to top button