समाचार

असार २१ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप चलाउन प्रतिबन्ध

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि लागु हुने गरि जीप गुडाउन प्रतिबन्ध लगाइएको छ ।
पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको जानकारी दिए ।
निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने घुमाउने गरिएको छ ।
निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् ।यस वर्ष जेठसम्ममा २७ करोड राजस्व सङ्कलन भइसकेको छ ।  हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्जमा आउने गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button