समाचारनेपाली कांग्रेस

असार १३ गते तरुण दलले रत्नपार्कमा सरकारको भण्डाफोर गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेकपा नेतृत्वको सरकारले गरेका गलत निर्णयको बिरोधमा भण्डाफोर कार्यक्रम गर्ने भएको छ ।
तरुण दल असार १३ गते काठमाडौंको रत्नपार्कमा सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दिउँसो २ वजे शुरु हुने बताइएको छ । तरुण दलका नेताहरुले सम्बोधन गर्ने भण्डाफोर कार्यक्रममा चर्चित कलाकारहरु, कवि, साहित्यकार, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेन तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताए ।
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशैभरी प्रशिक्षण अभियान सम्पन्न गरेको  तरुण दलले संगठनलाई थप मजबुत र शशक्त बनाउन सञ्चालन गरिरहेको अभियान अन्तरगत असार १३ गते भण्डाफोर कार्यक्रम आयोजना गरिन लागेको उनले बताए ।
मूल्यबृद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप, सरकारको निरंकुश चरित्र, ओली सरकारका गलत क्रियाकलाप र  रबैयाको भणडाफोर गर्न देशैभरी बिरोध सभा, मुख्य चोकमा कोण सभा आयोजना गर्न लागिएको महासचिव शाहीले जानकारी दिए ।
तरुण दलले असार महिनालाई ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियानका रुपमा मनाई रहेको छ । संगठनलाई थप मजबुत र शशक्त बनाउन तरुण दलले असार महिनामा देशैभरी ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताएको छ ।
अभियान अन्तर्गत तरुण दलले असार १५ गते किसानहरुलाई साथ दिन सवै तरुणहरु तरुण दलको झण्डा बोकेर खेत–खेतमा धान रोपाईमा सक्रिय सहभागी हुने कार्यक्रम यसअघि नै तय गरेको थियो

nema
Show More

Related Articles

Back to top button