नेपाली कांग्रेस

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन काँगे्रसले अवरोध गर्ने

२ साउन, पोखरा ।प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहिवार गण्डकी प्रदेशको संसद बैठकमा गर्ने सम्बोधनको नेपाली काँगे्रसले अवरोध गर्ने भएको छ । बिहिवार प्रधानमन्त्री ओलीले संबोधन गर्ने पदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने बताएको हो ।
पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री ओली पोखरा प्रस्थान गर्न लागेको नेकपाले जनाएको छ ।
प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।
केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताएका छन् ।
प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button