समाचारनेपाली कांग्रेस

पेलेर जाने प्रवृत्ति नहटे पार्टी कमजोर हुन्छःजोशी

११ जेष्ठ,तनहुँ÷ नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पेलेरै जाने प्रवृत्ति अन्त्य नभए तनहुँमा कांग्रेस अझ कमजोर हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले शुक्लागण्डकीको बेलचौतारामा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले डिल्लीराम अधिकारीको नेतृत्वमा गठित नेपाली कांग्रेस मात्र वास्तविक कांग्रेसहरुको पार्टी भएकाले नेतृत्वलाई सघाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।  धेरै सहिदको रगत र बलिदानबाट निर्माण भएको तनहुँ कांग्रेस नेता रामचन्द्र पौडेलको दम्भका कारण सखाप भएको नेता जोशीको दाबी छ । उनले पौडेलको एकाधिकार र दम्भ नहट्दासम्म पार्टीको संगठन बलियो नहुने जिकिर गरे । यसविरुद्ध नै आफूले पार्टीलाई बलियो बनाउन अभियान थालेको नेता जोशीले बताए ।
क्षेत्रीय सभापति ध्रुवकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेका तनहुँका सभापति डिल्लीराम अधिकारी, नेपाल महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेल, नेका उप सभापति शुकुमलाल गुरुङ, कोषाध्यक्ष बालकृष्ण पौडेल, बीपी विचार समाजका गण्डकी प्रदेश सचिव परशुराम गिरी, पार्टी सचिव परमेश्वर भट्टराई, प्रवक्ता हरिशरण पण्डित, क्षेत्र नम्बर १ का सभापति भिमबहादुर अधिकारी, नेता गोपालप्रसाद भण्डारी, जिल्ला कार्य समिति सदस्य खोदाबकस मियाँ, कुलबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, क्षेत्रीय सचिव निलकण्ठ सिग्देल लगायतले बोलेका थिए । कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो ।
 

nema
Show More

Related Articles

Back to top button