समाचार

खण्डग्रास चन्द्रग्रहणमा के गर्ने के नगर्ने ?

आज राती खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आधा चन्द्रमा ढाक्ने खण्डग्रास चन्द्रग्रहण राती १ बजेर ४६ मिनेटमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आग्नेय कोण बाट स्पर्श गर्ने ग्रहणको ३ बजेर १५ मिनेटमा मध्यकाल हुने र बिहान ४ बजेर ४५ मिनेटमा ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ हुने विश्वास छ । चन्द्रग्रहणमा तीन प्रहर अर्थात नौ घण्टा अघिदेखि सुतक लाग्ने भएकाले दिउँसो ४ बजेर ४६ मिनेट देखि बालक, वृद्ध र बिरामीले बाहेक अन्यले भोजन गर्न नहुने समितिले जनाएको छ । ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ । चन्द्रग्रहण सूयग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताएका छन ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button