समाचार

तिमाल जात्रामा काठमाडौैँमा मेला

६ बैशाख, काठमाडौैँ÷ तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व तिमाल जात्रा अन्तरगत शुक्रबार दोस्रो दिन, काठमाडौको स्वयम्भूमा मेला लागेको छ । बिहानैबाट आफ्ना दिवांगत भएका आफन्तको नाममा बत्ती बाल्ने तथा छोक गर्नेहरुको भीड लागेको छ ।
हरेक वर्ष चैत्र पूर्णिमाका अवसरमा लाग्ने तिमाल जात्राको अघिल्लो दिन काठमाडौको बौद्धमा मेला लाग्ने गर्दछ भने पूर्णिमाको दिन स्वयम्भूमा मेला लाग्ने गर्दछ । यस दिन मृतकको नाममा बत्ती बालेर छोक तथा दान गरेमा मृतात्माले शान्ति पाउछन् भन्ने मान्यता छ । परापूर्वक कालमा काभ्रेको तिमालबाट मानिसहरु आउने भएकाले यस पर्वलाई तिमाल जात्रा भनिएको हो भन्ने कथन समेत रहेको छ । यस जात्रालाई चैत पूर्णिमाको जात्रा पनि भन्ने गरिन्छ । जात्राका लागि काभ्रे, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली लगायत विभिन्न जिल्लाका तामाङहरु काठमाडौ आउने गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button