समाचार

सगरमाथा आरोहणबाट उठेको रोयल्टी २ प्रदेश र ७ गाउँपालिकालाई

१८ असार, काठमाडौँ÷ सरकारले सगरमाथा आरोहणबाट उठेको रोयल्टी २ प्रदेश र ७ गाउँपालिकालाई बाँडफाँट गरेको छ । प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको ५० प्रतिशत संघ, २५ प्रतिशत प्रदेश र २५ प्रतिशत सम्बन्धित स्थानीय तहमा जाने प्रावधान अनुसार बाँडफाँड गरिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार रोयल्टी बाँडफाँडको सूत्र तयार पारेको थियो । सरकारले पहिलोपटक आगामी आर्थिक वर्ष ०७६र७७ को बजेटमा प्राकृतिक स्रोतको बाँडफाँट गरेको जनाएको छ । आयोगको तथ्यांकअनुसार सगरमाथाको रोयल्टीमध्ये सगरमाथा रहेको गाउँपालिका खुम्बु गाउँपालिकाले सर्वाधिक रकम पाएको छ । यसबाहेक सोलुखुम्बुको महाकुलुङ, माप्य दुधकोशी गाउँपालिका र सालुदुधकुण्ड नगरपालिकाले पनि रोयल्टी पाउने भएका छन । त्यस्तै दोलखाको गौरिशंकर गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाले समेत सगरमाथाको रोयल्टी प्राप्त गर्ने बताइएको छ । तस्तै प्रदेशको १ र प्रदेश तिनले पनि सगरमाथाको रोयल्टी पाउनेछन ।

nema
Show More

Related Articles

Back to top button