समाचार

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएः बाबुराम

पोखरामा आयोजित पत्रकार सम्मेलनमा डा. बाबुराम भट्टराई । तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा. भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’५ जेठ, पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।
‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने ।
प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए ।
नवगठित नेपाल कम्युनिस्ट (नेकपा) ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा भट्टराईले गरे ।

२०७५ जेठ ५ गते ११:२२ मा प्रकाशित
साभार अनलाइनखबर

nema
Show More

Related Articles

Back to top button