समाचार

सुनको मुल्यले बनायो नयाँ किर्तिमान

७ फागुन
सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । हिजो तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ आज पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button