breakingसमाचार

सांसदको गृहमन्त्रीलाई प्रश्न —निर्मला पन्तका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा ?

काठमाडौँ÷ सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाएका हुन ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको दाबी गदै अपराधीलाई पनि जोगाउन सरकार लागेको आरोप लगाइन् ।

निर्मलाका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्ने प्रश्न गदै उनले अपराधीलाई चाँडो भन्दा चाँडो कानुनकी दायरामा ल्याउन सक्नुपर्ने बताइन ।

सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण टुंगोमा पुग्न लागिसकेको बताउँदै चाँडै टुंगोमा पुग्ने आश्वासन दिएका छन् । थापाले अपराधीहरुलाई कुनै पनि हालतमा छाड्न नसकिने बताउँदै प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए ।

मन्त्री थापाले नेपाल प्रहरी अपराध अनुसन्धानमा ९६ प्रतिशतसम्म सफलता प्राप्त भएको दाबी गरे ।

nema
Show More

Related Articles

Back to top button