समाचार

प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन दोस्रो दिनमा

१७ आषाढ, काठमाडौैैँ÷ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसन आज दोस्रो दिन पनि जारी छ । डा गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै हिजो दिउँसोदेखि अनशन सुरु गर्नु भएको हो । पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुपर्ने लगायतका ७ वुँदे माग गर्दै उहाँले १५औं अनशन सुरु गर्नुभएको हो । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन गर्दा जिल्ला सदरमुकाम तनावग्रस्त बनेको थियो ।
प्रहरीको सुरक्षासहित निगरानीमा रहेका डा. केसीले अनशन थाले पनि उहाँलाई कहाँ बस्न दिने भन्ने विषयमा टुंगो लागेको छैन। अहिले केसीलाई कडा सुरक्षा दिएर प्रहरीले जिल्ला कभर्ड हलमा राखेको छ । माग पूरा नभएसम्म अनशन जारी रहने डा. केसीले बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आठ वर्षअघि शुरु गरिएपनि अहिलेसम्म एमबीबीएस लगायत कोर्सहरुको अध्यापन शुरु नभएकोमा उहाँको आपत्ति छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button