समाचार

गुठी विधेयक फिर्ता गर्ने प्रक्रिया सुरु

काठमाण्डौ ÷ गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता प्रक्रिया अघि बढेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनमार्फत विधेयक फिर्ता लिएको घोषणा गरेको तीन दिनपछि सरकारले राष्ट्रियसभामा औपचारिक पत्र पठाएपछि फिर्ता अगाडी बढेको हो ।
सरकारले विधेयक फिर्ताका लागि औपचारिक पत्र पठाएको भए पनि राष्ट्रियसभा बैठक १० गते मात्रै आह्वान भएकाले त्यही दिन सम्बन्धित मन्त्रीले विधेयक फिर्ताको प्रस्ताव गर्ने बताइएको छ ।
संसदमा दर्ता भएर छलफलमा गइसकेको र विधेयकप्रति सांसदहरुले संशोधनको प्रस्ताव समेत राखिसकेकाले संसदको बैठकबाटै विधेयक फिर्ता हुने प्रावधान रहेको राष्ट्रियसभा विधेयक शाखाका प्रमुख सिर्जना बरालले जानकारी दिइन ।
राष्ट्रियसभा नियमावली २०७५ अनुसार संसदमा दर्ता भएको विधेयक फिर्ता लिनुपरे संसदबाटै लिनुपर्ने व्यवस्था छ । नियमावलीको दफा ११६ ले विधेयक पेश गर्नेले विधेयक फिर्ता लिन चाहेमा एक दिन अगावै संसदमा सूचना दिनुपर्ने उल्लेख छ । विधेयक फिर्ताका लागि शुक्रबार नै औपचारिक पत्र पुगिसकेको छ ।

nema
Show More

Related Articles

Back to top button