समाचार

भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइँदै

२ बैशाख, काठमाडौैँ÷ भक्तपुरको मध्यपुर थिमीमा नयाँ वर्षको सुरुवातमा मनाइने सिन्दुर जात्रा सोमवार भब्य रुपमा मनाईएको छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुरजात्रा भव्यताका साथ मनाइएको हो ।
मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको अबिर जात्रा प्रसिद्ध जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङख्यामा कमी आएको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ ।
जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन रहेको छ । सोमवारनै मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा पनि रहेको छ ।

nema
Show More

Related Articles

Back to top button