समाचार

उपसभामुख शिवमायाद्धारा राजीनामा

६ माघ, काठमाडौैँ÷ उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोष्णा गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले
लामो समयसम्म सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा सभामुखविहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने बताउनुभयो ।
उहाँले समावेशी लोकतन्त्र अक्षर र वचनबाट नभई , अभ्यास र आचरणबाट मात्रै सम्भव हुने बताउनुभयो । समावेशी लोकतन्त्र संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताको रुपमा रहेको र संविधानको मर्म अक्षर र बचनबाट नभई हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनुसक्ने उहाँको भनाई छ । आफ्ना धारणा अनुचित आग्रहबाट प्रेरित नभएको भन्दै उहाँले समयले उचित मूल्यांकन गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाका सदस्य महन्थ ठाकुरले ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट सपथग्रहण गर्ने तयारी रहेको छ ।
यसैबीच रिक्त प्रतिनिधिसभाको सभामुख चयन गर्ने निर्वाचन माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो । समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले १२ गते सभामुखको निर्वाच्न गर्ने सहमति भएको बताउनुभयो । सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

nema
Show More

Related Articles

Back to top button