breakingसमाचारविचारवी पी विचार

नेपाल टी-२० लिग : पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित २०७९ पुष १४

१४ पुस, काठमाडौं ।

राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।

टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए । यी दुईले ७८ रनको साझेदारी गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button