breakingविश्वसमाचार

धार्चुला-लिपुलेक सडकबारे नेपालमा भ्रम भयो, वार्ताबाट समाधान गर्छौं: भारतीय रक्षामन्त्री सिंह काठमाडौं, असार १

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीच देखिएको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने बताएका छन्।
सोमबार उत्तराखण्डका भारतीय जनता पार्टीका कार्यकर्ताको जनसंवाद र्‍यालीलाई भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए।
रक्षा मन्त्री सिंहले गत मेमा उक्त सडकको उद्घाटन गरेपछि नेपालमा तीव्र विरोध भएको थियो। नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपाल सरकारले औपचारिक रूपमै विरोध जनाएको थियो।
सुगौली सन्धीअनुसार उक्त भूमि नेपालको भएको भन्दै सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्साअनुसार निसान छाप परिवर्तन गर्न शनिबार संविधान संशोधन विधेयक पनि प्रतिनिधि सभाबाट पारित भइसकेको छ।
Show More

Related Articles

Back to top button