समाचारविचार

नेविसंघको महाधिवेशन नगर्ने चलखेल सुरु भयो ः उपाध्यक्ष डिल्लीराम सुवेदी

३ मंसिर काठमाडौैँ÷ नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशननै नगर्ने चलखेल सुरु भएको नेताहरुले बताएका छन् । नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्लीराम सुवेदीले फेरि पनि महाधिवेशन हुनेमा आशंका ब्यक्त गरेका हुन । राजधानीमा रहेको एक रेडियोसँग कुराकानी गदै उनले माउ पार्टीकै शिर्ष नेताहरु अधिवेशन नगराउने चलखेलमा लागेको आरोप लगाए ।
महाधिवेशन निर्धारित समयमा सम्पन्न गर्न पार्टीको मुल नेत्रित्वका साथै विद्यार्थी नेताहरु समेत जिम्मेवार रहेको सुवेदीले स्पष्ट बताए ।
उपाध्यक्ष सुवेदीले काँगे्रसको केन्द्रीय समितिमा विद्यार्थी राजनीतिबाटै गएका नेताहरु रहेकाले नेविसंघलाई आफ्नो पकडमा पार्न नेत्रित्व लागिपरेको आरोप लगाए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button