समाचार

सत्तारुढ सांसद थापाद्धारा यातायातमन्त्री महासेघको राजीनामा माग

काठमाडौं ÷ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने प्र्रस्ताव समेत गरेका छन । धनुषा घर भएका मन्त्री महासेठले उक्त जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको थापाले बताए। उनले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुल नपरेका बताएका हुन ।

Show More

Related Articles

Back to top button