breakingसमाचार

काँगे्रस नेतृ सीता गुरुङको दाबी ः सभापति देउवालाई असफल बनाउन पार्टीभित्रै चलखेल

२५ फागुन, काठमाडौैँ÷ पूर्वमन्त्री एवं नेपाली काँगे्रसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउन पार्टीभित्र चलखेल भैरहेको आरोप लगाउनुभएको छ । १४ औैँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न गराउन सभापति देउवाले विभाग गठन गर्नेदेखी क्रियाशील सदस्य वितरणको कार्यलाई तिब्रता दिएको उहाँको दाबी छ । सभापति देउवाले विभाग गठन लगायतका काममा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग समन्वय गर्न खोजेको भएपनि पौडेल पक्षीय नेताहरुले बहिस्कार गरेपछि बाध्य भएर देउवाले भातृ संगठन विस्तार, क्रियाशील सदस्यता वितरणको कार्यलाई तिब्रता दिएको उहाँको तर्क छ ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै उहाँले पार्टीलाई पुस्तान्तरण कुन रुपमा गर्ने भन्ने विषयमा नेतृत्वले सोच्नुपर्ने समय आएको बताउनुभयो ।

Show More

Related Articles

Back to top button