समाचारनेपाली कांग्रेस

सरकार लोकतन्त्रको आवरणमा निरङ्कुश बनेको काँगे्रस नेता केसीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य अर्जुननरसिं केसीले सरकार लोकतन्त्रको आवरणमा निरङ्कुश बन्दै गएको आरोप लगाएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा नेता केसीले निरङ्कुश मनोवृत्तिका साथ सरकाले सम्पूर्ण शक्ति र अधिकार आफूमा निहीत गर्न एक पछि अर्को कानुन बनाउँदै गएको बताएका हुन ।
राज्यका सम्पूर्ण संवैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती जनाए । कांग्रेस नेता केसीले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताए ।
सोही कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट पास हुन नदिने प्रतिवद्धता जनाएका छन् । उनले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिवद्ध रहेको भन्दै उनले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए ।

nema
Show More

Related Articles

Back to top button