समाचार

पूर्व नेपालका जिल्लाहरुमा डिएपी मलको अभााव हुने संकेत

१८ असार, काठमाडौैँ÷ पूर्वी नेपालका जिल्लाहरुमा डिएपी मलको अभाव हुने संकेत देखिएको छ । धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मलको अभाव हुने भएको हो । कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले डिएपीको गोदाम मंगलबारबाट रित्तिएको जनाएको छ । धान रोपेको करिब तीन सातापछि प्रयोग हुने युरिया मल भने गोदाममा मौजदात छ । कार्यालयका सूचना अधिकारी नवरत्न गौतमले फागुन महिनादेखि चैत मसान्तसम्म आएको डिएपी मल सकिएको बताए । ‘अब कार्यालय कृषकहरुलाई डिएपी मल उपलब्ध गराउने सक्ने अवस्थामा नरहेको गौतमको भनाई छ । मल आगामी साउन महिना लागेपछि आउन सक्ने बताइएको छ । कार्यालयका अनुसार धान रोपाइँको सिजन भएकाले यतिखेर दैनिक २ सय टन डिएपी मलको माग छ । मल नपाएपछि किसानहरु समस्यामा परेका छन ।

nema
Show More

Related Articles

Back to top button