समाचारसंस्था गतिबिधीवी पी विचार

वीपी विचार समाज उदयपुरको दोस्रो अधिवेशन सम्पन्न÷ भुपिन्द्र थापाको नेत्रित्वम कार्यसमिति गठन ।

उदयपुर÷वीपी विचार समाज उदयपुरले भुपिन्द बहादुर थापाको नेत्रित्वमा नयाँ कार्यसमिति गठन गरेको छ । समाजको २०७५ साल फागुन २१ गते उदयपुरको गाइघाटमा सम्पन्न दोस्रो अधिवेशनले थापाको नेत्रित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा शुसिल सेढाई, सचिवमा गौरी नारायण चौधरी, कोषाध्यक्षमा नगेन्द्र कुमारी चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्द्रमणी गुरागाई, प्रकाश रोक्का, सुमन परियार, शैलेश बस्नेत, रुद्र यस्माली मगर,रमिला राई,राज कुमार दनुवार, अनिता खतिवडा, फुलकुमारी चौधरी, धु्रव कोईरालालाई चयन गरिएको वीपी विचार समाज उदयपुरले जनाएको छ ।
यसैबीच, प्रमुख अथिति एवं नेपाली काँगे्रस उदयपुरका सभापति विदुर बस्नेतले नव गठित वीपी विचार समाज उदयपुर कार्यसमितिले नेपाली काँगे्रसमा वीपीको विचारलाई स्थापित गर्ने दावी गरेका छन् । आफ्नो मन्तब्य राख्दै उनले नेपाली काँगे्रसमा वीपी कोइरालाको विचारलाई तिरस्कृत गरिदै गएको उल्लेख गरे । वीपीको विचारलाई काँगे्रसले अनुसरण गर्न सकेन भने काँगे्रसको अस्तित्व समेत नामेट हुने बस्नेतले दाबी गरे ।


कार्यक्रममा विशेष अतिथि एवं वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य रामकुमार यादवले नेपाली काँगे्रसमा वीपीको विचारलाई स्थापित गराउन नवगठित कार्यसमितिले उल्लेख्य भूमिका निर्वाण गर्ने विश्वास ब्यक्त गरे । सोही कार्यक्रममा अतिथिहरु एवं नेपाली काँगे्रस उदयपुरका नेता विर्ष बहादुर तामाङ, मनोज कुमार बस्नेत, भूपिन्द बहादुर थापा, विष्णु कोइराला लगायतले मन्तब्य राखेका थिए ।


निर्वाचित कार्यसमितिलाई महेन्द्र कुमार राई, विष्णु कोइराला, मनोज बस्ने, विष तामाङ लगायतले शुभकामना दिएका थिए । नवगठित कार्यसमितिले उदयपुर जिल्लाका आठ ओटै पालिकाहरुमा पालिका स्तरिय वीपि विचार रा. समाज पालिका समितिहरु र सम्भव भए सम्म जिल्लाका ७५ वटै वडाहरुमा वडा समितिहरु गठन गरि विपि विचारका अभियानहरु संचालन गर्ने निर्णय गरिएको छ । साथै समितिको समाजको कार्यालय सदरमुकाम गाईघाटमा स्थापना गरि कार्य संचालन गर्ने निर्णय निर्णय समेत भएको छ ।

nema
Show More

Related Articles

Back to top button