breakingसमाचारवी पी विचार

काँगे्रस नेता केवी गुरुङ भन्छन ः ‘अनसनरत डा. केसीको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’

२ माघ, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता एवं पूर्व स्वास्थ्य मन्त्री कुलबहादुर गुरुङले अनसनरत डाक्टर गोविन्द केसीको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । वीपी विचार डटकमसँग बुधवार कुराकानी गदै इलाममा अनसनरत डाक्टर केसीको जिम्मेवारी के.पी ओली नेत्रृत्वको सरकारले लिनुपर्ने बताएका हुन ।

जिल्ला अस्पताल इलामको अवस्था दयनीय भएको बताउँदै गुरुङले सरकारले केसीको स्वास्थ्यप्रति खेलवाड गरेको आरोप लगाए । आफू स्वास्थ्य मन्त्री भएको बेला इलाम जिल्ला अस्पताललाई ५० शैयाको बनाएको दायी गदै उनले किन अहिले अस्पतालमा २ जना पनि विशेषज्ञ चिकित्सक छैनन भन्दै प्रतिप्रश्न गरे । सरकारको ब्यवास्थाकै कारण जिल्ला अस्पतालको अवस्था दयनीय बन्दै गएको गुरुङले स्पष्ट पारे । गोविन्द केसीले उठाएका मागहरु जायज रहेको उनले बताए । यो सरकारले केसीले उठाएका मागहरुको पुरा गर्न सरकारले खुट्टा कमाउन नहुने उनले तर्क गरे ।

यसैबीच, इलाममा विगत ८ दिनदेखि अनशनरत् डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ ।

जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उनकै सहमतिमा आइभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जनाएको छ ।

उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। विजेन्द्रकुमार साहले डा। केसीलाई अन्य कुनैपनि औषधि भने प्रयोग नगरिएको जानकारी दिए ।

उनले अनशनरत् डा। केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म आइपुगेको बताए ।

डा। साहकाअनुसार केसीलाई आइसीयुमा राख्नुपर्ने भएपनि अस्पतालमा आइसीयु नभएकाले उपचारमा समस्या देखिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button