समाचार

भूकम्पपछिको पुनःनिर्माण अबको २० महिनाभित्रै सकिएला ?

काठमाडौं÷ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने जनाएको छ ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ४ वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको बाँकी काम तोकिएको समय भित्रै सम्पन्न गर्ने विश्वास ब्यक्त गरेका हुन ।
केही सम्पदाको पुनःनिर्माणको काम भने बाँकी रहन सक्ने उनको भनाइ छ । आगामी २० महिना भित्र पुनःनिर्माणको काम सम्पन्न गरी सक्ने प्राधिकरणको लक्ष्य छ ।
सचिव कार्कीले करिव ४ लाख निजी आवास पुनःनिर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको बताए ।

nema
Show More

Related Articles

Back to top button