समाचार

राष्ट्रिय सभाको बैठक स्थगित

७ फागुन , काठमाडौैँ÷ राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण आज दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
सरकारले गत बुधबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन निषेध गरिएपछि बैठक स्थगित गरिएको हो । सरकारकाले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी मानिस एकैपटक जम्मा हुन नपाउने निर्णय गरेको थियो ।
प्रतिनिधि सभाको बैठक यसअघि नै चैत्र १३ गतेसम्मका लागि स्थगित गरिसकेको छ । समितिको निर्णयसँगै राजनितिक भेटघाटहरु समेत रोकिएका छन् ।

nema
Show More

Related Articles

Back to top button