breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजले प्रजातान्त्रिक योद्धाहरुको बारेमा दोस्रो पुस्तक प्रकाशन गर्ने

काठमाडौँै÷ वीपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने भएको छ ।वीपी विचार राष्ट्रिय समाजको २०७६ पुष २३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वीर योद्धाहरुको योगदान समेटिएको अर्को पुस्तक प्रकाशन गर्ने निर्णय गरेको हो । सो सम्बन्धमा समाजका महासचिव विनयध्वज चन्दले कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रस्तावको छलफलमा प्रजातान्त्रिक आन्दोलनको इतिहास समेटिएको छुट्टाछुट्टै पुस्तक प्रकाशित गर्ने कि ७७ वटै जिल्लाकै छुट्टाछुट्टै लेख तयार गरि त्यसमा नेपालको प्रजातान्त्रिक योद्धाहरुको योगदान, जिल्लागत रुपमा समावेश गर्ने भन्ने विषयमा छलफल भएको छ । उक्त विषय आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत भै निश्कर्षमा पुगि वीर योद्धाहरुको योगदान समेटिएको पुस्तक प्रकाशित हुने समाजका महासचिव चन्दले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button