समाचार

मिडियो काउन्सिल विधेयकबारे सभामुख महरा गम्भिर

काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महराले सर्वत्र चासोको विषय बनेको मिडिया काउन्सिल विधेयकबारे आफू गम्भीर रहेको बताएका छन् ।
उनले संसदमा गत बिहीबार दर्ता भएको विधेयकका बारेमा प्रेस जगतमा चर्को विरोध भएकाले त्यसलाई फिर्ता गर्न वा अन्य विकल्पका बारेमा सल्लाहकारी भूमिका खेल्न आफू तयार रहेको बताएका हुन ।
नेपाल प्रेस युनियनका पदाधिकारीहरुले मंगलबार बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसदमा दर्ता भएको विधेयक फिर्ता लिन सकिन्छ कि भनी मगलबारै संचारमन्त्री गोकुलप्रसाद बास्कोटासंग कुरा गर्ने बताएका छन् । उनले त्यसका विकल्पबारे पनि छलफल गर्ने बताएका छन् ।
सभामुख महराले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले त्यसमा कुनै सम्झौता हुन नसक्ने बताउँदै आएका छन् ।
संचारमन्त्री बास्कोटाले संसदमा दर्ता गरेको विधेयकले प्रेसलाई स्वतन्त्र भएर काम गर्न दिँदैन । समाचारकै निहुँमा पत्रकारले १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
संचारमन्त्रीले चाहे भने पत्र लेखेर संसदबाट बिधेयक फिर्ता लिन सक्छन् । सञ्चारमन्त्री बास्कोटाले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकले भने प्रेसलाई अझ बढी नियन्त्रण गर्न खोजिरहेको भन्दै चर्को विरोध भइरहेको छ ।
यसैबीच संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन देशब्यापी आन्दोलनमा उत्रिएको छ । मंगलबार युनियनले ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।

nema
Show More

Related Articles

Back to top button