समाचार

नेप्से फेरि १२ सय अंक मुनी

३ भाद्र , काठमाडौैँ÷साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकको गिरावट आएको छ । गएको साता पछिल्लो चार दिन लगातार बढेको शेयर बजारमा आइतबारको कारोबारमा आएका सबै समूह राताम्मे बनेपछि नेप्से सूचक फेरि १२ सय अंक मुनी झरेको हो ।
निरन्तर घटेर लगानीकर्तालाई निराश बनाएको बजारमा फेरिपनि नाफा सुरक्षित गर्ने होडबाजी चल्दा बजारले नकारात्मक बाटो समातेको हो । गएको साता बजार बढ्नु भन्दा पहिला शेयर खरिद गर्नेहरुले नाफा सुरक्षित गर्दा बजार घटेको आंकलन गरिएको छ । जसले गर्दा कारोबार समेत केही गिरावट आएको छ ।
गत साताको आइतबार बाहेक चारै दिन शेयर बजार बढेको थियो । चार दिनको बीचमा नेप्से ४६ दशमलव ३८ अंकले उकालो लागेको थियो । अस्थिर बजारमा सामान्य नाफा आएको अवस्थामा अल्पकालीन कारोबार गर्नेहरु नाफा सुरक्षित गर्न हतारिने गरेका छन् । यसले गर्दा बिक्री चाप पर्दा बजार खस्कने गरेको छ ।
गत बर्षको वित्तीय विवरण सार्वजनिक भईसकेको र लाभांश घोषणा गर्ने क्रम चल्दै गर्दा कम्पनीलेहरुले बोनश भन्दा पनि नगदमा जोड दिएपछि लगानीकर्ताहरु बजारप्रति आशावादी हुन सकेका छैनन् ।
बजार खुलेदेखि नै घट्न थालेको नेप्से आइतबार १४ दशमलव ०३ अंकले घटेर ११९६ दशमलव २९ अंकमा झरेको छ । कूल १६० कम्पनीका कारोबार भएको बजारमा ३२ करोड ५२ लाख बराबरको कारोबार भयो । कारोबार रकम गत विहीबारको तुलनामा १३ करोड कम हो ।
यसदिन कारोबारमा आएका सबै समूहका सूचक राताम्मे रहेका छन् । सबैभन्दा धेरै ग्रामिण विकास बैंकको ३ करोड ४५ लाख बराबरको कारोबार भयो । बैंकले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेपछि शेयर मूल्य घटेर कारोबार बढ्न थालेको छ ।
यसदिन सबैभन्दा धेरै खानीखोला हाइड्रोका लगानीकर्ताले पाँच प्रतिशत बढी कमाए । नगबेली लघुवित्त, आर्इसिएफसी फाइनान्स, शाईन रेसुङ्गा तथा लुम्बिनी विकास लगायतको शेयरमूल्य धेरै घटेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button