breakingसमाचार

निर्मला हत्या प्रकरणबारे निष्पक्ष छानविन हुनेमा काँगे्रसको आशंका

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।
निर्मला प्रकरणबारे काँग्रेस नेता दिलेन्द्रप्रसाद बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो ।
जवाफमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले घटनाबारे सरकारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै वास्तविक अपराधी पत्ता लगाएरै छोड्ने आश्वसन दिएका छन् ।
प्रधानमन्त्री र प्रचण्डको सकारात्मक आश्वासन भए पनि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत चित्त बुझ्दो र तदारुकताका साथ काम नगरेको स्थानीयको बुझाइ रहेको नेता बडुले बताए ।
यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयले आन्दोलन चर्काएका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button