समाचार

एमसिसी उपाध्यक्ष सुमारको नेपाल यात्राः आज प्रधानमन्त्री देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसहितलाई भेट्ने

facebook sharing button
twitter sharing button
sharethis sharing button
एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै।

सम्बन्धित

एमसिसी उपाध्यक्ष सुमारसहितको टोलीले नेता नेपाललाई भेट्यो

काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय भेटवार्ता शुक्रबरा पनि जारी राख्दै छन् ।

बिहीबार नेपाल आएको सुमारसहितको टोलीले त्यस लगत्तैदेखि भेटवार्ता थालेको हो । बिहीबार उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भेटवार्ता गरेको हो ।

भेटमा सुमारले एमसिसीलाई लिएर भइरहेको विवादको सन्दर्भमा स्पष्ट पार्ने प्रयास गरेको नेताहरुले बताएका छन् ।

सत्तामा हुँदा एमसिसी पारित गराउने प्रयासमा लागेका एमाले अध्यक्ष ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको र सत्ताको आधिकारिक धारणा आएपछि मात्रै प्रतिक्रिया दिन सक्ने बताएका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँगको भेटमा पनि सुमारले प्रष्ट पार्ने प्रयास गरेकी थिइन् ।

सुमारसहितको टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसहितलाई भेट्ने तयारी छ ।

nema
Show More

Related Articles

Back to top button