समाचार

अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ विद्रोहीको मृत्यु

अफगानिस्तान– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सुरक्षा कारवाहीमा अफगान लडाकु समूह तालिबानका ६ लडाकुको मृत्यु भएको छ । प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी इलाकास्थित अआक मस्जिद परिसर नजिक लुकेर बसेका तालिबान लडाकुलाई लक्षित गरी सुरक्षा बलले कारवाही गरेको हो । कारवाहीमा अरु ४ जना तालिबान लडाकु घाइते भएका छन । त्यसबाहेक सुरक्षा कारवाहीमा अन्य ६ संदिग्ध लडाकु पक्राउ परेको र ठूलो सङ्ख्यामा हतियार र विष्फोटक पदार्थ बरामद गरिएको जनाइएको छ ।

nema
Show More

Related Articles

Back to top button