समाचार

चीनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक विदा

२३ असोज, काठमाडौैँ÷ सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन दिने भएको हो । सार्वजनिक बिदाका लागि गृहमन्त्रालयले हिजो मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । चिनियाँ राष्ट्रपति दुइ दिने भ्रमणका लागि भोली दिउसो नेपाल आइपुग्ने तालिका छ । सरकारले चिनियाँ राष्ट्रपति भ्रमणको लागि आवश्यक तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
यसैबिच,चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा दुई दिन हवाई उडान प्रभावित हुने भएको छ । भीभीआईपी उडानका कारण भोली र पर्सि आइतबार अन्तर्राष्ट्रिय उडान डिले हुने भएको हो । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक नहुने त्रिभूवन विमानस्थल कार्यलयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button