breakingसमाचार

सिन्धुलीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु÷ ४ जनाको अवस्था गम्भिर (अपडेट)

सिन्धुली÷ सिन्धुलीको फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङमा बिहीबार दिउँसो बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फआउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङ्गमा दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका हुन ।

दुर्घटनमा फिक्कल गाउँपालिका २ की तिलमाया विक, कुनमान तामाङ, लक्ष्मी विक र फिक्कल गाउँपलिका–३ की शान्तामायाँ श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते फिक्कल गाउँपालिका–२ की २५ वर्षीया अनिता महतको भने खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा बोलेरो चालक मानबहादुर सुनुवार, गंगामाया विक, चन्द्रमाया विक, रोजेन्द्र सुनुवार, नन्दलाल विक, जयप्रसाद न्यौपाने लगायत ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई खुर्कोटमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काभ्रेको धुलीखेल र काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्तासमेत रहेका थापाले उल्लेख गरेका छन् ।

दुर्घटनाका घाइते र मृतकको शव खुर्कोटमा ल्याइएको छ । बोलेर दुर्घटनाको कारण एकिन नभए पनि कच्ची सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त घटनाका घाइतेहरुको धुलिखेल र काठमामाडौंमा उपचार भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button