समाचारनेपाली कांग्रेस

सुनसरी कांग्रेसको क्षेत्रीय समिति विघटन

 
, सुनसरी जेष्ठ ९, २०७५
स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजय भोगेको कांग्रेसले पुरानो साख फर्काउन सुनसरीको १ नम्बर क्षेत्रीय समिति आज विघटन गरेको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनमा सक्रिय कार्यकर्ताहरुलाई अवसर दिँदै नयाँ ढंगले पार्टी सञ्चालन गर्न विघटन गरेको जनाएको छ । पार्टीका कतिपय पदाधिकारीहरु निस्कृय भएको, सक्रियले पार्टी सञ्चालन गर्ने अवसर नपाएको र पार्टीको छवि बिग्रदै गएकाले सुधार गर्न बिघटन गरिएको बिघटनमा परेका सचिव महेन्द्र प्रधानले बताउनुभयो । उहाँले चाडै नै पार्टीका पदाधिकारीसंग छलफल गरेर पुनर्गठन गर्ने बताएपनि कहिले पुन: पुर्नगठन गर्ने भन्ने बारे निर्णय मिति भने नतोकिएको बताउनुभयो । क्षेत्रीय कार्यसमिति बिघटन भएपनि निर्वाचित पदाधिकारीहरु सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्य भने यथावत रहने छन् । बिघट भएसंगै मनोनित उपसभापति धनबहादुर कट्वाल, मनोनित सचिव महेन्द्र प्रधान र सहसचिव प्रेमकुमार राई र मनोनित आठ सदस्यहरु, आमन्त्रित सदस्यहरु, सल्लाहकारहरु सबैलाई पदमुक्त गरिएको सुनसरी सचीव सुजेन्द्र तामाङ्ले बताउनुभयो । कांग्रेसको बैठकले पर्यटकीय स्थल धरान ४ मा खानेपानीको व्यापक समस्या भएकाले पर्याप्त खानेपानीको व्यवस्था गर्न समेत माग गरेको छ । हाल धरानमा भईरहेको विकास निर्माणका कार्यहरु र नगरपालिका तथा वडाहरुले गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा पनि बैठकको ध्यानाकर्षण भएको जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button