breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनका महान सेनानीहरुको जीवनी प्रकाशन गर्ने

काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने अमर शहीद र राष्ट्रिय ब्यक्तित्वहरुको बारेमा सोधपूर्ण पुस्तक प्रकाशन गर्ने भएको छ । बीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस्तक तयार पार्न समाजको प्राज्ञ विभागलाई जिम्मेवारी दिएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
प्राज्ञ विभागले विभिन्न १२ जना प्राज्ञहरुको चयन गरि निम्न ब्यक्तिहरुको योगदानको बारेमा सोधपूर्ण लेखहरु संकलन हुने भएको हो ।
१.शरोज कोईराला
२. राम नारायण मिश्र ।
३.योगेन्द्र मान सेरचन ।
४. दिवान सिंह राई ।
५.जगत प्रकास जङ्ग शाह ।
६. तेज वहादुर आमात्य ।
७. दुर्गा नन्द झा
८. यज्ञ वहादुर थापा ।
९. भिम नारायण श्रेष्ट
१०.लाल ध्वज गुरुड.
११. वुद्ध सिंह राना
यसैगरि समाजले बीपी कोइराला राष्ट्रिय मेलमिलाव नीति अबलम्बन गरि नेपाल फर्कदा उहाँले अबलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलावको नीतिका सन्दर्भमा नेपाली काँगे्रसका पूर्व महामन्त्री एवं बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङको भुमिकाका संवन्धमा सोधपूर्ण दस्तावेज प्रकाशन गर्ने निर्णय गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button