समाचार

सप्तकोशी नदीमा पानीको बहाव बढेसंगै खतराको संकेत

२७ असार ÷ सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । शुक्रबार बिहान ८ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ७९ हजार ६ सय १५ क्युसेक पुगेको ब्यारेज प्रहरीले जानकारी दिएको छ । पानी निकासीका लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ । पानीको बहाव निरन्तर बढ्दै गएपछि खतराको चिन्ह रातो बत्ति बालिएको कार्यरत प्रहरी असइ ईश्वरी दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो झण्डा समेत फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ । कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा बालुवाका कारण पानीको सतह बढेकाले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्दछ । यसअघि २०६५ साल भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर साबिक हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविस डुबानमा पारेको थियो ।

nema
Show More

Related Articles

Back to top button