समाचारनेपाली कांग्रेस

पार्टीभित्रको विवाद समाधानको लागि काँगे्रसका दोस्रो तहका नेताहरु सक्रिय

६ माघ, काठमाडौैँ÷ पार्टीभत्रको विवाद समाधानको लागि नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय भएका छन । पार्टी भित्र पछिल्लो समय चर्किएको तनाव समाधानको बाटो खोज्न मध्यमार्गी नेताहरुले आन्तरिक छलफल तीब्र बनाएका हुन । यसक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र कृष्ण सिटौलाबीच आज पार्टी केन्द्रीय कार्यालयमा छलफल भएको छ ।
पार्टी भित्रका आन्तरिक समस्या समाधान गर्र्ने प्रयास स्वरुप भएको छलफल सकारात्मक बनेको छ । नेताहरु बिच छिट्टै सहमति निर्माण गर्ने गरी छलफल अगाडि बढेको बताइएको छ । सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठकमा बहुमतका आधारमा निर्णय गरेपछि सभापत्ति इत्तर समुह असन्तुष्ट रहेको छ । बहुमतको आधारमा निर्णय लादिएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएको छ ।

nema
Show More

Related Articles

Back to top button