समाचारसंस्था गतिबिधी

चिरन्जिवी शर्मा विपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्य मनोनित

२२ वैशाख, काठमाडौैँ÷ नेपाली काँगे्रसका नेता एवं अधिवक्ता चिरन्जिवी शर्मा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । वीपी विचार राष्ट्रिय समाज म्याग्दी जिल्ला समितिका संस्थापक अध्यक्ष एवं वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ४ का प्रदेश समिति सदस्य समेत रहेका शर्मालाई समाजले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।
वीपी विचार डटकमसंग आइतबार कुराकानी गदै नवनियुक्त केन्द्रीय सदस्य शर्माले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने जनाएका छन् । नेपाली काँगे्रसका नेता तथा कार्यकर्ताहरुले वीपीको बाटोलाई भुलिरहेको अवस्थामा काँगे्रसमा वीपीको विचारलाई स्थापित गराउन आफूले केन्द्रीय सदस्यको हैसियतले सक्रिए रहने शर्माले बताए ।

nema
Show More

Related Articles

Back to top button