समाचार

हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्छ ः शशांक कोइराला

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री कोइरालाले राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत संग्रह हुनुपर्ने बताएका हुन । हिन्दु धर्म जस्तो स्वतन्त्र अरु धर्म नभएको कोइरालाको दाबी छ ।

nema
Show More

Related Articles

Back to top button