समाचार

सन २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

२१ चैत्र, काठमाडौैँ÷ एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परिरहेका बेला यसको असर नेपालको आर्थिक वृद्धिमा समेत देखिने भएको हो ।
 
आज एडीबीले ‘एसियन डेभलपेन्ट बैंक आउटलूक २०२०’ जारी गर्दै कोभिड १९ को कारण नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।सन् २०२१ मा भने नेपालले ६.४ प्रतिशतको वृद्धि हासिल गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी मुद्रास्फिती सन् २०२० मा ६ र सन् २०२१ मा ५.५ प्रतिशत रहने एडीबीले जनाएको छ ।
 
समग्र विकासशील एशियाली मुलुकहरुको आर्थिक वृद्धि सन् २०२० मा २.२ प्रतिशत र सन् २०२१ मा ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । दक्षिण एशियाको अर्थतन्त्र २०२० र २०२१ मा क्रमशः ४.१ र ६ प्रतिशतले विस्तार हुने एडीबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

nema
Show More

Related Articles

Back to top button