समाचार

छठ पर्वको समापन

सूर्य उपासनाको पर्व छठ आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन आज उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको हो । पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथों तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यसअघि हिजो अस्ताउँदो सुर्यलाई अघ्र्य दिइएको थियो । सुर्यको उपासनाबाट चर्मरोग निको हुने, सन्तान प्राप्त हुने तथा धनलाभ हुने जनविश्वास अनुसार यस पर्वमा सुर्यको पुजा आरधना गर्ने गरिन्छ । मिथिलाञ्चलमा मनाइने छठ पर्व केही वर्षयता भने काठमाण्डौ लगायत देशका विभिन्न भागमा मनाउन थालिएको छ । यसै क्रममा काठमाण्डौको रानीपोखरी, गुह्येश्वरी लगायतका जलाशयहरु छठका लागि सिंगारेर झकिझकाउ पारिएको थियो ।

nema
Show More

Related Articles

Back to top button