समाचार

काँगे्रसको महासमिति बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता गरिँदै

४ पौष, काठमाडौैँ÷ नेपाली कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता हुने भएको छ । कांग्रेस महासमिति सदस्यहरुले नेपाललाई हिन्दु राष्ट्रको हैसियतमा फर्काउन दबाब दिदैँ बैठकमा छलफलका लागि प्रस्ताव दर्ता गराउने भएका हुन ।
हिन्दु धर्मको विषयमा छलफल प्रस्तावका लागि ६ सय ९३ जना महासमिति सदस्यहरुको हस्ताक्षर संकलन भएको नेताहरुले बताएका छन् ।
६ सय ९३ जना महासमिति सदस्य र अन्य नेताहरु सहित ११ सय जनाको हस्ताक्षर संकलन भइसकेको र उक्त प्रस्ताव दर्ता गराईने बैतडीका कांग्रेस महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए ।
कांग्रेसको महासमिति बैठकमा छलफलको एजेण्डा बन्न चार सय जना महासमिति सदस्यको समर्थन चाहिने प्रावधान रहेको छ । हिन्दु राष्ट्रका पक्षमा संकलन गरिएको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाइने छ ।

nema
Show More

Related Articles

Back to top button