breakingसमाचारविचारवी पी विचार

इनरुवामा आयोजित समारोहमा श्री खेमराज सेढाईले दिनुभएको मन्तव्य

२०७९चैत्र २० गते इनरुवामा आयोजित नागरिक अभिनन्दन समारोहमा राजनितिक विश्लेषक श्री खेमराज सेढाईले दिनुभएको मन्तव्यको पुर्णपाठ
श्री ५ महाराजधिराज सरकारको अभिनन्दन सभारोहका सभापतिज्यु , श्री ५ महाराज धिराज सरकार तथा उपस्थित आदरणीय दाजु भाइ दिदि वहिनिहरु,
( १) आज देश अत्यन्त संकटवाट गुजरी रहेको छ । आर्थिक संकट राजनैतिक संकट र प्रतेक क्षेत्र संकटै सकटले भरीएको छ । हाम्रो राजश्व वाट साधारण खर्च पनि धान्न नसक्ने देशको आम्दानी रहेको छ । देश टाट पल्टिने अवस्थामा पुगेको छ । मानिस भोकभोकै मर्ने अवस्थामा पुग्न लागेका छन । देशमा शान्ति सुरक्षा छैन । कसलाई कतिवेला के हुने हो भन्न सकिने अवस्था छैन । यस अवस्थामा आज हामिहरु गम्भिर भएनौ भने प्रजातन्त्रको कुरै छोडौ राष्ट्रियताको कुरै छोडौ देशनै नरहन सक्दछ ।
(२) देशमा गणतन्त्र आयो श्री ५ महाराज धिराज सरकारवाट गद्धि छोडि वक्स्यो । देशमा गणतन्त्र आयो । गणतन्त्रले देशको समस्या समाधान गरेन । आज किन जताततै विरोध नारा जुलुस असन्तुष्टि मात्र देखा परेको छ । जनताको आकंक्षा किन पुरा भएन । किन आज जनता सडकमा आउनु पर्‍यो । त्यसकारण गणतन्त्र समस्याको समाधान रहेनछ । गणतन्त्र अरुले हामीलाई वोकाएको भारी रहेछ । अव हामीले अर्कोले वोकाएको भारी वोक्ने ? हामी यो भारी वोक्न सक्दैनौ । यो गणतन्त्रको अरुले वोकाऐको भारी चाडै भन्दा चाडै हामिले फाल्नु पर्दछ ।
(३) आज देश विकृति , विसंगति र भ्रष्टाचारले व्याप्त भएको छ । यो कसले ल्याएको हो । यहि गणतन्त्रले हो । आज गणतन्त्रको नाममा जनतालाई झुक्याएर नेपाली जनताको आस्थाको केन्द्र हिन्दु धर्म हटाएर देशलाई जनताको भावना विपरीत धर्म निरपेक्ष वनाईयो । संघियता ल्याइदियो । गणतन्त्र थोपरीयो । यसको परीणाम आज देशले के पायो हाम्रो पहिचान गुम्यो, सान गुम्यो देश आज कंगाल हुने वाटोमा गई राखेकोछ । जव सम्म देशमा सनातन वैदिक धर्म कायम हुदैन ,जव सम्म संघियता र गणतन्त्र फालीदैन तव सम्म देशमा नेपाली जनतले चिताए जस्तो विकासको चाहना पुरा हुदैन ।
(४) अहिले देशमा जनताहरु दलको नेताहरुको क्रियाकलापबाट निराश भएका छन । सडकमा चिच्याएर हिडेका छन । सरकार वहिरो छ । जनताको कुरा सुन्नको साटो जनताको मुख थुन्न्ो , लाठि र गोलि चलाउने काम गरी रहेको छ । मानिसले आत्म दाह गरेका छन । सरकार अन्धोे छ , वहिरो भएको छ । जनताको कुरा सुन्दैन । के यहि वुट र गोलि खानको लागी जनताले गणतन्त्र ल्याएको हुन्त ? अहिलेको जनतामा देखिएको असन्तुटि दलहरु भित्र पनि छ । त्यसैले सवै दलवाट दलका नेताहरु दल छोडेर वसेका छन । अहिले हामिले एक अर्कामा प्रतिस्पर्धा होइन वर्तमान व्यवस्था परीवर्तन गरी देशमा संवैधानिक राजतन्त्र र वहुदलीय व्यवस्थाको स्थापनाको लागी हामि समान विचार भएकाहरु मात्र होइन अन्यदलहरुमा पनि हाम्रो विचार संग सहमत हुनेहरुलाई साथमा साथ र काधमा काध मिलाएर यो अभियानलाइ आन्दोलनमा परीणत गरी देशमा संवैधानिक राजतन्त्र र वहुदलीय व्यवस्थाको स्थापनाको लागी कम्वर कसेर लाग्नु परेको छ ।
( ५) यो आन्दोलन सफल वनाउन सवैलाइ समेटेर अघि वडनुको विकल्प छैन । सवैलाइ समेटने सस्था राजतन्त्रनैे हो । त्यसैले राजतन्त्र आज नेपालमा अपरीहार्य भएको छ । (६) हालै श्री ५ वाट दलहरुलाई सहमतिको वाटो खोज्न मेलमिलापको आव्हान गरी वक्सेको छ। । दलका नेताहरुले यसलाइ कमजोरी संझेर सहमतिको साटो दोन्धको वाटो रोजे भने दलका नेताहरुलाइ हामि चेतावनि दिन चाहान्छौ यो अभियान आन्दोलनमा परीवर्तन हुनेछ । नेपालमा संवैधानिक राजतन्को पुनस्थापना हुनेछ । त्यसका लागी २०४७ सालको संविधान यो समग्र समस्याको समाधान गर्न पुास्थापित हुनेछ ।
हामिहरु यो आन्दोलनवाट नेपालमा संवैधानिक राजतन्त्रको स्थापना नहुदा सम्म लडि रहन्छौ, लडि रह्न्छौ र संवैधानिक राजतन्त्रको स्थापना गरेरै छाडने अठोट गर्दछौ ।
जय नेपाल

nema
Show More

Related Articles

Back to top button