समाचार

प्रदेश नंवर ३ को बैठक अनिश्चितकालका लागि स्थगित

४ साउन, काठमाडौैँ÷प्रदेश नंवर ३ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रवार विहान ११ बजे बस्ने भनिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले सूचना टाँस गरि स्थगित गर्नुभएको हो । कांग्रेसले माग पुरा गर्न दवाव दिँदै अवरोध गरेपछि प्रदेश ३को संसद बैठक स्थगित भएको बताईएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्मविपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवा लगाइएको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरिएको भन्दै कांग्रेसले ३ नंबर प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

nema
Show More

Related Articles

Back to top button