समाचार

जव शक्ति देखाउन भन्दै धामी कर्णाली नदीमा हाम फाले

बैशाख १६÷बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् । नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट रहेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  अर्जुन रानाभाटले जानकारी दिनुभयो । ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता भएका छन । बगरमा बसेर काम्दै काम्दै दुवैजना नदीमा हाफ फालेको स्थानीयले बताएका बताएका छन । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button