समाचार

काठमाडौैँ सहित देशका अन्य जिल्लामा सतर्कता अपनाउन अपील

काठमाडौं, साउन २१ । बाढी सूचना केन्द्रले काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा भारी वर्षा भइरहेकाले नागरिकहरुलाई सतर्क रहन अपील गरेको छ ।
देशको मध्य भू–भागमा पर्ने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुर जिल्लालाई केन्द्र बनाएर ठूलो वर्षा भइरहेकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन केन्द्रले आग्रह गरेको हो ।
केन्द्रले बागमती, रोसी, कमला र तिनका शाखा खोलाहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले विशेष सतर्कता अप्नाउन समेत अपिल गरेको छ ।

nema
Show More

Related Articles

Back to top button